• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

ताजा अपडेट

सम्झना श्रेष्ठ, सिन्धुली ।     वसन्त ऋतुसँगै बैशाख जेठको तातो याम, सहन र स्वीकार्न अवश्य पनि गार्हो पर्छ । झन् समय–समयमा पानी नपर्दा, चारैतिर सुख्खा र उजाड बन्दा जनजीवन कष्टकर बनिदिन्छ । तर यो सब हुँदा हुँदै पनि सहनुपर्ने वाध्यता नै नियती बनेको छ । र यो पनि सत्य हो की समस्या नभएको मान्छे नै हुँदैन । लाग्छ जव समस्या र आवश्यकता सकिन्छ, तव जीवन पनि सकिन्छ । रहर र वाध्यत[.......]

पूरा पढ्नुहोस् »

बाजुरा, १० जेठ (रासस) : जबर्जस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय बाजुराले अमरबहादुर धामीलाई पक्राउ गरेको छ । प्रहरीले बाजुराको खप्तड छेडदह गाउँपालिका–४ गुदुखातीका १८ वर्षीय धामीलाई नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको बताइएको छ ।           जिल्ला प्रहरी कार्यलय बाजुराका अनुसार जेठ ८ गते साँझ ५ बजेतिर आरोपी धनब[.......]

पूरा पढ्नुहोस् »

रामपुर,१० जेठ (रासस):- पाल्पा जिल्लास्थित प्रेमको प्रतीक रानीमहलको बृहत् सरसफाइ गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका रुपमा परिचित रानीमहललाई थप आकर्षक बनाउन नेपाली सेना गोरखदल गणका ४० भन्दा बढी सैनिक जवान, तानसेन नगरपालिका सरसफाइ शाखा, डिभिजन वन कार्यालय, रानीमहलको सुरक्षार्थ खटिएको प्रहरीलगायत बिहीबार सरसफाइमा सहभागी भएका थिए ।     सेनाको टोली[.......]

पूरा पढ्नुहोस् »

   ओखलढुङ्गा ९ जेठ (रासस)/ पूर्णप्रसाद न्यौपाने   :- राष्ट्रपति विद्यादेवी भण्डारीले स्रष्टाका सपनालाई सबै मिलेर साकार पार्नुपर्ने बताउनुभएको छ । युगकवि सिद्धिचरण श्रेष्ठको १०८ आँै जन्मजयन्तीका अवसरमा सिद्धिचरण नगरपालिका –१२ मा स्थापित उहाँको पूर्णकदको शालिक अनावरण तथा स्रष्टा उद्यानको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्रष्टाको सिर्जनाले दशकौंअघि देखाएका सपन[.......]

पूरा पढ्नुहोस् »

 बेझाड, ९ जेठ (रासस)/ सुशीला रेग्मी     : वैदेशिक रोजगारीमा ठूलै लगानी गर्न तयार हुने तर गाउँमा व्यवसाय नगर्ने धेरै युवा भेटिन्छन् । अरब र खाडी मुलुकमा दिनहुँ हजारौँ युवाहरु रोजगारीका निम्ति बाहिरिने गर्छन् । गाउँमा सानो लगानीमा व्यवसाय गरियो भने प्रशस्त आम्दानी गर्न सकिने सम्भावनाहरु छन् । यति हुँदाहँुदै पनि युवा जनशक्ति विदेश पलायन हुने क्रम घट्नेभन्दा झन् बढ्ने क्रमम[.......]

पूरा पढ्नुहोस् »

भीमदत्तनगर, ९ जेठ (रासस) :- नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्घीयताको सवालमा सरकारले लापरवाही भइरहेको आरोप लगाउनुभएको छ ।कञ्चनपुरको भीमदत्तनगरमा बिहीबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो “सरकारमा केन्द्रीकरणको प्रवृत्ति देखापरेको छ । शासकहरु केन्द्रीकृत मानसिकतामा देखिएकाले सङ्घीयतामा आँच आउने स्थिति आएको हो ।” आफ्नो पार्टीलाई जात, क्षेत्र भूगोलको आधारमा[.......]

पूरा पढ्नुहोस् »

काठमाडौँ, ९ जेठ (रासस) :- प्रधानमन्त्री केपी शर्मा ओलीले सामुदायिक र निजी शिक्षालय मिलेर गुणस्तरीय शिक्षाका लागि नेपाली विद्यार्थी विदेशिनु नपर्ने अवस्था आउन नदिन आह्वान गर्नुभएको छ । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारासहित कान्तिपुर मिडिया ग्रुप र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ (हिसान) ले आयोजना गरेको छैटौँ शैक्षिक मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेप[.......]

पूरा पढ्नुहोस् »

बागलुङ, ९ जेठ (रासस) :- परम्परागत बालीघरे प्रथा हटाउन काठेखोला गाउँपालिकाका दलित समुदायले अभियान थालेका छन् । आगामी पुसभित्र काठेखोलालाई बालीघरे प्रथामुक्त गाउँपालिका घोषणा गर्ने लक्ष्य लिइएको छ ।          ‘दलित बालीघरे प्रथाविरुद्ध साझा अभियान’ सञ्चालन गरिएको दलित अगुवाले जनाएका छन् । दलित समुदायलाई सशक्त र सङ्गठित गर्न[.......]

पूरा पढ्नुहोस् »

तुलसीपुर, ९ जेठ (रासस) :- तुलसीपुर उपमहानगरपालिका–६ शिवबस्ती टोलका ६३ घरपरिवारलाई झूल वितरण गरेको छ । लामखुट्टेको प्रकोपबाट जोगिनका लागि झूल वितरण गरिएको हो ।           परिवारको सङ्ख्याका आधारमा झूल वितरण गरिएको कार्यपालिका सदस्य अमर नेपाली माइकलले जानकारी दिनुभयो । तीन जनाको परिवार हुनेलाई एउटा, पाँच जनासम्म हुनेलाई दुई[.......]

पूरा पढ्नुहोस् »

 कास्की, ८ जेठ (रासस) :- पृथ्वी राजमार्ग बस सञ्चालक समितिले आजदेखि पोखराबाट भारतको उत्तराखण्डको राजधानी देहरादुनसम्म सिधा बस सेवा सञ्चालन गरेको छ । समितिअन्तर्गतको मोर्डन ईरा टुर्स एण्ड ट्राभल्सले विगत १२ वर्षदेखि यहाँबाट दैनिक भारतको राजधानी नयाँदिल्लीसम्म बस सञ्चालन गर्दै आएकामा देहरादुनसम्म थप सेवा शुरु गरेको हो ।          स[.......]

पूरा पढ्नुहोस् »

काठमाडौँ, ८ जेठ (रासस) :- गृहमन्त्री रामबहादुर थापाले पाँचथरमा भएको सामूहिक हत्याकाण्डको सूक्ष्म रुपमा छानबिन भइरहेको र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाही हुने बताउनुभएको छ ।          राष्ट्रियसभाको आजको बैठकमा यही जेठ ६ गते पाँचथरको आरुबोटमा भएको सामूहिक हत्याकाण्डको विषयमा जानकारी दिँदै उहाँले उक्त घटना प्रारम्भिक रुपमा पारिवारिक बेमेलका[.......]

पूरा पढ्नुहोस् »

दुर्गा देवकोटा लम्की, ८ जेठ (रासस) :- बाली बीमाबाट सुविधा लिन कठिन रहेकाले कैलालीका केरा किसान बाली बीमाप्रति आकर्षित हुन सकेका छैनन् । किसानले लगानी सुरक्षाका लागि बाली बीमा आवश्यक भएपनि सेवामा व्यावहारिक कठिनाइ भएकाले बीमा गर्न नचाहेको बताउनुभएको छ ।           “बाली बीमा किसानका लागि सुविधा हो, बीमा गर्न जरुरी पनि[.......]

पूरा पढ्नुहोस् »

कैलाली, ८ जेठ (रासस) :- नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले जनतालाई सन्तुष्ट गर्न नसकेको विचार व्यक्त गर्नुभएको छ ।          नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले सरकारले जनतामा आश्वासन धेरै बाँडेको , समृद्धिको यात्रालाई पनि अगाडि बढाउन नसकेको उल्लेख गर्नुभयो[.......]

पूरा पढ्नुहोस् »

  काठमाडौँ, ८ जेठ (रासस) :- सगरमाथाको उचाइ मापन गर्न गएको नापी विभागको प्राविधिक कर्मचारीको टोलीले आज बिहान ३:०० बजे शिखरको आरोहण गरेको छ । प्रमुख नापी अधिकृत खिमलाल गौतम र अधिकृत रवीन कार्कीले सफलतापूर्वक आरोहण गरी टुप्पोको आसपास बिन्दुमा ग्लोबल नेविगेसन स्याटलाईट सिस्टमको उपकरण जडान गर्नुभएको विभागका सगरमाथा उचाइ मापन परियोजना संयोजक सुशील डङ्गोलले जानकारी दिनुभयो ।  &[.......]

पूरा पढ्नुहोस् »

इनरुवा, ८ जेठ (रासस) :- प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई दुव्र्यसनमुक्त बनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सुनसरी सदरमुकाम इनरुवामा मङ्गलबार जिल्ला प्रहरी कार्यालय सुनसरी र इनरुवा नगरपालिकाले सञ्चालन गरेको समुदाय–प्रहरी साझेदारी दुव्र्यसनविरुद्धको अभियान कार्यक्रमको उद्घाटन गर्नुहँुदै मुख्यमन्त्री राईले सो कुरा बताउनुभयो । उहाँले दुव्र्यसनले समाजमा आपराधिक गतिव[.......]

पूरा पढ्नुहोस् »