• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

कविता-गल्ति भूल भाँ को भए मागे मैले सरी-रामेश्वोर पौडेल

Published : 2 years ago


वारी मैले छोडि सके पारी पुग्या छैन

आज मेरो गई सक्यो भोली देख्या हैन

हिजो मैले के गरे मन्मा विचार  गरी

गल्ति भूल भाँ को भए मागे मैले सरी

 

      जीन्दगीको गोरेटोमा हुन्छ तल माथी

      समझ्दार भएको नै राम्रो जीवन साथी

      हिजोको कुराबाट मनमा परे ठेस

      मागी सके मैले माफ नराखे है रिस

 

जीवनको यात्रामा भेटिए साथी धेरै

कोही अझै छदैछन कोही भए परै

गल्ति हुन्छ मान्छेबाटै सच्चाउनु फेरी

रीस राँग नराखे है भनी सके सरी

 

      जीवन यो दुई दिनको बाँकी रह्यो एक

      आफू राम्रो बन्नलाई नबोल है फेक

      झुटो बोले मन्मा पछि पोल्छ आगो सरी

      मेरो बानीले चोट् पुगे मागे मैले सरी

 

वारी मैले छोडि सके पारी पुग्या हैन

आज मेरो गई सक्यो भोली देख्या छैन

हिजो मैले के गरे मन्मा विचार  गरी

गल्ति भूल भाँ को भए मागे मैले सरी

 

रामेश्वर पौडेल

बूढानीलकण्ठ काठमाडौं  ।

मिति २०७४ -०५-३१

विहान १०:०० बजे