• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- “मुख सिलाइन्छ”- बाबुराम दाहाल

Published : 3 years ago


प्रतिभाहरुलाई कोपिला मै , जहर पिलाईन्छस

यहाँ त हजुर साधु चोर कै , हो मा हो मिलाईन्छ ।

 

परिवर्तनका आवाजहरु खै , कसले सुन्छ यहाँ ?

विकासका संबाहकलाई नै ललीपप खिलाईन्छ ।

 

सोझा साझालाई झुक्याउन लौ , नाटक मंचन गरी ;

जनमानसको आस्थाहरु नै , रातारात हिलाईन्छ ।

 

दुधको साक्षी बिरालो भै , परिपाटी बिगारेर ;

भ्रष्टाचारीलाई मन्त्रीको पद चैं , मज्जाले दिलाईन्छ ।

 

कुनै दिन गोयवल्स शैली मै , प्रचार सुनिएला ;

अन्न कम भो अब भोकाहरु कै , मुख नै सिलाईन्छ ।

 

बाबुराम दाहाल “SKY”

एक्ले छाप्रो,काठमाडौ

२०७४-०६-०९