• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- फक्रिएको जवानी भएछ - प्रजीना ढकाल

Published : 2 years ago


यात्रा जीवनको भोगाई एक कस्टकर कहानी भएछ

कति खेर कहाँ ओइलाइ झरो त्यै माटो सिरानि भएछ

 

नैराश्यतामा घोतलिएको मन , खोक्रो रंगहिन जीवन  

त्यसैमा हरियाली भइ बसन्त सुनौलो बिहानी भएछ

 

अनिदा हरेक रातहरु, बिर्सन नसक्ने ति घातहरु     

हृदय चुडाल्ने घात पनि प्रेमको मिठो निसानी भएछ

 

समयको बहाबमा मान्छे डुब्छ, कुन्नि कहाँ पुग्छ तैरिदै   

फुल्यो जीवन, काँडाहरु बिच फक्रिएको जवानी भएछ

 

प्रजीना ढकाल

पोखरिया,  बिराटनगर, मोरङ्ग