• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

कविता - नेपालका भाषा - धर्मानन्द भट्ट

Published : 2 years ago


शीर्षक : नेपालका भाषा

लेखक :  धर्मानन्द भट्ट

छन्द : शार्दूलविक्रीडित

 

नेपाली,अवधी,धिमाल,पहरी,थारू,उरौ,चाम्लिङ

सन्थाली,खरिया,किसान,मगही,लिम्बू,दरै,खालिङ ।

ह्यौल्मो,भोजपुरी,दुमी,मुसलमान्,उर्दू,घले,वालिङ

माझी,लिङ्खिम,याम्फु,हायु,अरबी,छिन्ताङ,नाछीरिङ ।।१

 

शेर्पा,बेलहरे,भुजेल,चिनिया,जोन्खा,कुकी,कूलुङ

पन्जाबी,खस,कागते,बहिङ,लाप्चा,सोनहा,थूलुङ ।

अङ्ग्रेजी,सुनुवार,आठपरिया,साङ्केतिकै,जेरुङ

हिन्दी,स्पेनिस,मैथिली,बरम,मेवाहाङ औ तीलुङ ।।२

 

हुन् तामाङ,पुमा,जिरेल,रसियाली,खाम,लोहोरिङ

कुर्माली,दनुवार,ताजपुरिया औ बान्तवा,छीलिङ ।

मल्पाण्डे र दुरा,सुरेल,हरियान्वी,तिब्बती,काइके

लौ सम्पाङ,डडेल्धुरी,गुरुङ,आसामी,बझाङी सिकें ।।३

 

बोटे,संस्कृत,बंगला,मगर,डोल्पाली तथा बाज्जिका

ब्यांसी,फ्रेन्च,कुमाल,राजबङसी,चेपाङ औ अंगिका ।

डोटेली,जुमली झनै हृदयमा थामी,अछामी पनि

भाषा लाग्छ मिठो न भुल्न सकिने त्यो दार्चुलेली अनि ।।४

 

ल्होमी,फङ्दुवली र आज मनमा छन् राउटे,बाम्बुले

याक्खा,राजि,थकालि,यो मुलुकमा भाषा सबैका फुले ।

याँ कोयी र सधानि छन् अझ मिठा बन्कारिया,साम छन्

राम्रै बोल्छ नि आज है घरमहा छन्त्याल,नेवार झन् ।।५

 

राई औ दुङमाल बस्छ नि यतै मेचे र ल्होपा पनि

मिजो,नागमसी नि छन् मनमहा कोचे र सिन्धी अनि ।

फुट्दैनन् जहिले धुलेलि पनि याँ मिल्छन् सबै यी बरू

दैलेखी,गडवालि हासिरहने औ बैतडेलीहरू ।।६

 

छिट्टै सिक्नु छ ओरिया अझ यहाँ औ बाजुरेली पनि 

आफ्नै सान र मान बोक्छ जहिले हाम्रै मनाङ्गी अनि ।

बढ्दै छन् गणना त भन्छ अठसठ्ठीसम्मको सालमा

भाषा छन् सय एक तेइस वटा बीशाल नेपालमा ।।७

 

भाषा लोप भयो भनेर नि कुसुण्डा,राज स्थानी नरूँ

गन्गाई पनि भन्छ है मिलिकनै संगीत आजै भरूँ ।

भाषा प्राण बुझी सुवास अब ता छिट्टै सबैले छरूँ

यो हाम्रो बहुभाषिकै मुलुकमा खोजी मिलेरै गरूँ ।।८

 

रचना मिति : २०७४/४/२६ गते

भाषा स्रोत  : भुसाल,केशव  (२०७०)  सामान्य भाषाविज्ञान,काठमाडौं