गजल-सुन्को सिख्री लाउँन पाए- नन्द लाल बराल
Published : 3 years ago

सुन्को सिख्री लाउँन पाए,फुरुक्क नि हुन्छेउ
शिवजीको जल खान, हुरुक्क नि हुन्छेउ
तिम्लाई मन पर्ने कुरा, नपाएमा फेरि
उँधो मुन्टो लगाएर, धुरुक्क नि हुन्छेउ
मदिराको साथमा घरमा,आउँनु पर्छ मैले
घरै छाडी हिड्न तयार, सुरुक्क नि हुन्छेउ
तिम्रो बिहे मसंग कि, धनसंग भाको
धन कमाउँन नसकेमा, बुरुक्क नि हुन्छेउ
जे जे खान(लाउँन तिम्लाई, ईच्छा लागेको छ
जुताउँन सके मैले, लुरुक्क नि हुन्छेउ
सिनेमाहल, ब्युटिपार्लर, नाम लिनु पर्छ
बोल्न नपाई झोला भिरी, सुरुक्क नि हुन्छेउ
नन्द लाल बराल
पुम्दी-भुम्दी, पोखरा