• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

शृङ्गारिक गजल- हतारमा तिम्रा ती दुई चुल्ठी डोलाएर गयौ तिमी -लेखनाथ खनाल ‘अंकुर’

Published : 1 year ago


हतारमा तिम्रा ती दुई चुल्ठी डोलाएर गयौ तिमी

आँखाको  इशाराले  मलाई बोलाएर गयौ तिमी

 

जब देखेँ तिमिलाई फरक केहि थियो  मुहारमा

किनकिन  भुतुक्क भयौ  र टोलाएर गयौ तिमी

 

लागायौ  काउकुती मलाई पनि भित्र कताकता

मन्मा केही नौलो अनुभुती घोलाएर गयौ तिमी

 

खै जादु गर्‍यौ  तिमिले मलाई पनि थाहा भएन

छामी आँत हृदयको ढोका खोलाएर गयौ तिमी

 

देखिन्थ्यो तिम्रो चेहरामा छल्केको त्यो जवानी

क्षणभरमा  किन  त्यसरी  लोलाएर  गयौ तिमी११

 

लेखनाथ खनाल ‘अंकुर’

अर्जुनचौपारी -६ दरौं, स्याङ्जा