• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

माछापुच्छ्रेको सेयर लिलामीमा, सनराइजको मंगलबारदेखि पैसा फिर्ता

Published : 3 years ago


माछापुच्छ्रे बैंकको यसअघि नबिकेको हकप्रद सेयर लिलामी बिक्री हुने भएको छ। बैंकले कात्तिक ५ गतेदेखि बिक्री खुल्ला हुने गरी १ लाख ६० हजार ७४२ कित्ता सेयर लिलामी बिक्री गर्न लागेको हो।

जसमा २० हजार २ कित्ता सेयर संस्थापकतर्फको छ। कात्तिक ५ देखि १३ गतेसम्म उक्त सेयरमा शिलबन्दी बोलपत्रमार्फत आवेदन दिन सकिनेछ।

बैंकको सेयर मूल्य बजारमा बिहीबार ३१५ रुपैयाँ कायम भएको छ। बिक्री प्रवन्धकका रुपमा एनएमबि क्यापिटल रहेको छ। सेयरमा आवेदन दिन चाहनेले क्यापिटलको कार्यालय नागपोखरीमा गई आवेदन भरी क्यापिटलको नाममा एनएमबि बैंकमा रहेको खातामा रकम जम्मा गर्नुपर्नेछ।

सिधै गुड फर पेमेन्ट चेकमार्फत मात्रै पनि भुक्तानी गर्न सक्नेछन्। सो सेयर बिक्री भइसकेपछि कम्पनीको चुक्ता पुँजी ७ अर्ब ३९ करोड पुग्नेछ।
यसैबीच सनराइज क्यापिटलले लिलामीमा खोलेको सेयरमा नपरेको रकम आगामी मंगलबार अर्थात असोज ३१ गतेबाट फिर्ता दिने भएको छ।

२८२ रुपैयाँभन्दा कममा आवेदन दिएकाले सो रकम सनराइज क्यापिटलको कार्यालयबाट एसी चेकमार्फत फिर्ता पाउने छन्। सनराइज बैंकमै खाता हुनेका लागि भने खातामै रकम फिर्ता गरिने क्यापिटलले जनाएको छ।