गजल- जन्मिदिए छोरी दुर्भाग्य ठान्छ त्यही समाज- किरण रोकाय
Published : 3 years ago

नारीलाई आमा,श्रीमती मान्छ त्यही समाज
जन्मिदिए छोरी दुर्भाग्य ठान्छ त्यही समाज
फरक केनै रहेछ त छोरी हुनु र छोरा हुनुमा
छोरा मात्र सब थोक चाहान्छ त्यही समाज
अपबित्र ठाउँलाई चोखो पार्न कन्या हुनुपर्छ
जन्मिदिए छोरि पुर्पुरोमा हान्छ त्यही समाज
पुग्छन् एक्सरे गर्न दुबैजना अस्पताल सम्मा
छोरी देखिए मारेर गर्भमै तान्छ त्यही समाज
कति कठिन बनिदियो जान्न मान्छे बिचको बेध
खान्छ सबैले एउटै त्र के-के खान्छ त्यही समाज।
किरण रोकाय
जाजरकोट