• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

मुक्तकहरु- प्रतिमा अधिकारी

Published : 3 years ago


 

हिमाल हेर्छु उहीँ गीत बजाउछु

गुराँस सिँउरीदै सिरमा लजाउछु

म त मायामा परेकी के हो उस्कै

नेपाल लेख्छु  मनमा सजाउछु

 

 

आजकल रहर खाली मनमा कैद हुदैछ

बन्धक खुसीमा हास्न पनि अबैध हुदैछ

यो कस्तो कारागार भो जीवन स

हुनुपर्ने गिरफ्तार नहुनुपर्ने बैध हुँदैछ !!

 

 

दीनदाहाडै हेर इज्जत लुटीन्छ तिम्रो शहरमा

भाषण त गर्नकै निम्ति चुटीन्छ तीम्रो शहरमा

दिउँसो मनाएसी नारीदिवस चर्का नारा लगाएर

साझमा पुरुस्वार्थले कुटीन्छ तिम्रो शहरमा !!

 

 

मनको रहरभन्नू केवल मनैमा कैद हुँदैछ,

हाँस्छु भन्यो यो हाँसो नै पनि अवैध हुँदैछ,

यो कस्तो गीरफ्तारी जिवनरुपी कारागरको

जाहाँ चीर-हरण गर्नेहरु नै सधैं दैव हुँदैछ।।

 

प्रतिमा अधिकारी