• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- सुन्छु अचेल फूलले भमरा खोज्दै छ- जगदीश प्रसाद पाण्डेय

Published : 3 years ago


सुन्छु अचेल फूलले भमरा खोज्दै छ

मुग्ध बगान छाडी टाढा टाढा रोज्दै छ।

 

ती अबोध कोपिला हेर अलपत्र पार्दै

उजाडी फूलवारी नौलो यात्रा सोच्दै  छ।

 

बिचरा मालीले जलमलको जोहो गर्दा

निष्ठुरी बनी उसैमाथी काँडा घोप्दै छ।

 

मालीले त बिर्सिन सक्छ अर्को स्याहार्दा

निरीह कोपिलाको मुटुमा भाला गोप्दै छ।

 

अबोध कोपिला नफुल्दै ओइलिएर झर्दा

दुष्ट फूलले भमरासंग बिलास भोग्दै छ।

 

जगदीश प्रसाद पाण्डेय

गोदावरी-५, गेटा कैलाली

हाल बारा कलैया