• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- सबैलाई सुन्दर संसारको रहर हुन्छ- भवानी तिमल्सिना न्यौपाने

Published : 1 year ago


सबैलाई  सुन्दर  संसारको रहर हुन्छ

त्यसैमा  मन  हर रात  हर प्रहर हुन्छ

 

एकअर्काको भावनाको सम्मान नभए

मसानघाट झैँ बन्छ घर कहाँ घर हुन्छ

 

बोल्दा विचार गर ठेस पुग्ला कसैलाई

यहाँ  हरेक  शब्द शब्दमा जहर  हुन्छ

 

हेर त कति आत्मियता छ हाम्रा गाउँमा

सबै भन्दा  मतलवी  त यहाँ सहर हुन्छ

 

औँठाछाप नै किन नहोस धनी हुनुपर्छ

उसैका पछि  बुद्दीजिवीको  लहर हुन्छ

 

भवानी तिमल्सिना नेउपाने

हेटौडा, मकवनपुर