• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

टिकापुरमा लोकतान्त्रिक फोरमको दोब्बर मतको अग्रता

Published : 3 years ago


कैलालीको टिकापुर नगरपालिकामा विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले झण्डै दोब्बर मतले अग्रता लिएको छ।

पछिल्लो सार्वजनिक मत परिणाम अनुसार लोकतान्त्रिक फोरमका उम्मेदवार लौटन चौधरी १ हजार ३० मत ल्याएका छन् भने उनलाई पच्छाइरहेका एमाले उम्मेदवार तपेन्द्र रावलले ५ सय २४ मत ल्याएका छन्। कांग्रेस उम्मेदवार जंगबकहादुर साउदले ५ सय २२ मत ल्याएर एमाले उम्मेद्वारलाई टक्कर दिइरहेका छन।

उपमेयरमा पनि लोकतान्त्रिक फोरमकै अग्रता रहेको छ। लोकतान्त्रिक फोरमकी उपमेयर उम्मेदवार शुदेसनी चौधरीले ९ सय ८० मत ल्याउँदा एमाले उम्मेदवार नेपाली कांग्रेसकी केशरी बिष्ट रावल ५७५ मतसहित पछ्याइरहेकी छन्। यस्तै माओवादी केन्द्रका आशाकुमार चौधरी ५२३ मत सहित आगाडि आउँदै छन् भने एमाले उम्मेदवार कमला केसीले ४ सय ८२ मत ल्याएका छन्।