• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

मैन : बाहिर उज्यालो भित्र अधेंरो -जीवन युगीन

Published : 1 year ago


मैन : बाहिर उज्यालो भित्र अधेंरो

                जीवन युगीन

 

तिम्रो रूप

रूपको जादु

त्यसै आगो थियो ।

 

संयोग वा भाग्य ?

पग्लिने मैन- म

तिम्रै छेउमा

कसरी पुगें ?







सांचोभित्र जन्मिएं

धागोमा अडिएं

आखिर किन ?

आफैलाइ सोध्थें 

 

म पग्लिंदै गएं

तिमी अग्लिंदै गयौ

म पग्लिदैं गएं

तिमी चुलींदै गयौ

त्यतै कतै

मेरो जवाफ

भेटे जस्तो लाग्थ्यो ।

 

तर,

अग्लिनुमा जस्तै

उस्तै,

पग्लिनुमा पनि

जीवन

चुहिंदोरहेछ ।

 

दमितहरूको छातिमाझबाट पनि

समयधारा बग्दोरहेछ

शायद त्यसैले,

भ्रूण निर्माणका अवयवभन्दा   

जीवनको निरन्तरतामा 

समर्पित,

मातृत्वको धारा

मूल्ययुक्त बन्दोरहेछ

 

परीधी सम्म आउने उजेलो त

केन्द्रहरुको अधेंरो न हुंदो रहेछ

 

आ……...

जे सुकै होस

पग्लिने अग्लिने क्रम

म मेटिउन्जेल चलिरहोस

 

अँध्यारो उज्यालोको टकराव

सधैं सधैं चलिरहोस

सम्बन्धको संतुलन

अडिइरहोस

अधेंरो उजेलो

ऊचाई गहिराई

समरुप मानेर

म बगिरहें   

 

खै,

समय र तिमी संगै थियौ

दोष कसलाई दिऊं ?

 

तिमी ह्वार्‍र ह्वार्‍र गर्यौ

र अधेंरो छर्यौ    

 

विचरा !

म त यसै

मैन थिएं

 

डल्लिएं ।

 

जीवन युगीन

नवलपरासी