• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल सवाल जवाफ- कृष्ण प्रसाद उपाध्याय, खुशी वाग्ले

Published : 3 years ago


कृष्ण प्रसाद उपाध्याय (केटिको भूमिकामा)

 

 

सबैले जिस्क्याउँछन् मात्र तिम्रो काली,बनाउ ।

तिम्रो दिलमा बसाउ मलाई दिलवाली,बनाउ ।

 

मेरो आमाबुवालाइ तिमी सासू ससुरा भनौला ;

म जन्मेको घर तिम्रो आफ्नो ससुराली,बनाउ ।

 

मेरो दिदीलाई दिदी नै दाइलाइ बनाउनु जेठान ;

मेरो भाइलाई सालो बहिनिलाई,साली,बनाउ ।

 

फक्रेको फुल म त भमराहरू जाइलाग्न सक्छन ;

यो फुलको संरक्षण गर्न आफुलाइ माली,बनाउ ।

 

माग्न आउँ घरमा नदिए भागेर जाउला नि हामी ;

मंसिर आइसक्यो तिम्रो आफ्नै यसैपालि,बनाउ ।

 

 







खुशी वाग्ले (केटाको भूमिकामा)

 

बाबा सँगै म तिमी माग्न आउँनेछु,मंसिरमा ।

तिमीलाई दुलही बनाइ सजाउँनेछु,मंसिरमा ।

 

बजाउँदै पञ्चेबाजा जन्ति लिएर अघिपछिस

तिम्रो घरको आगन सम्म धाउँनेछु,मंसिरमा ।

 

मेरो हातको सिंदुर पोते वरमाला तिमीलाई ;

तिम्रो हातको वरमाला लगाउँनेछु,मंसिरमा ।

 

लुकिछिपि कति लाउने पिरति अब सँगै ल ;

जसरी नि तिमी आफ्नो बनाउँनेछु,मंसिरमा ।

 

जति दुस्ख परेपनि म खुसि राखुला तिमलाइ ;

मेरो जिन्दगि हौ तिम्रो साथ पाउँनेछु,मंसिरमा ।