• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल दोहोरी-सुमी पौडेल र पश्चिमको कैलाश भट्ट

Published : 2 years ago


सुमी पौडेल

शीतल छाया दिने,बरको खाचो छ !

न्यानो माया पाइने,घरको खाचो छ !

 

सधै खुशी राख्न,चाहान्छु सबैलाई

सपनाजति अट्ने,शहरको खाचो छ !

 

ढुक्क हुनु राजै, निराश हुन दिन्न !

तिम्रै हु बिश्वास र भरको खाचो छ !

 

सिउदोमा सिंदुर पर्यो तिम्रो नामको

दुनियाँको अगाडी थरको खाचो छ !

 

हरेक कदममा भलो चिताएकी छु

तिम्रै हितमा मर्छु कदरको खाचो छ !







पश्चिमको कैलाश भट्ट

 

आउ  अङ्गालोमैं बस मेरै ‘हुन्छौ’ भने तिमी

सुखमा हास्ने दुखमा संगै रुन्छौ  भने तिमी

 

मन मुटु माझ सजाएरै राख्छु जिन्दगीभर

यो मनको हरेक धड्कन ‘सुन्छौ’ भने तिमी

 

सारा संसार  भुलिदिन्छु तिमि खुशी भए देखी

हजारौंको भिडमा कैलाश ‘चुन्छौ’ भने तिमी

 

हास्दै हास्दै जिन्दगीका घुम्तिहरु कटाउला

अमर अटुट प्रेमको डोरि ‘बुन्छौ’ भने तिमी

 

यो मंसिरमै लगन गाठो कस्न आउला सानि

मेरै नाउँमा  बर माला ‘उन्छौ’ भने तिमी !