• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

मुक्तकहरु- बिजय रानाभाट

Published : 3 years ago


मुक्तक १

 

उसको अनि तेरो पनि चर्चा हुनेछ

सुत्रुकै सेरोफेरो पनि चर्चा हुनेछ

बाचुन्जेल गुमनाम भानी केही गुनासो छैन हजुर

मरेसी त मेरो पनि चर्चा हुनेछ

 

मुक्तक २

 

दुई चार दिन मन रेटिन्छ केही फरक पर्दैन

तिम्रो तिर्सना कोहि बाट मेटिन्छ केही फरक पर्दैन

म सङ्गको तिम्रो जीवन ,अभिसाप लाग्छभने जाउ

काला गए गोरा भेटिन्छ केही फरक पर्दैन







मुक्तक ३

 

घाम भए अनिमात्रै छाया हुनसक्छ

मन मिल्यो भनी मात्रै माया हुनसक्छ

कसैले नि करकापमा माया लाउन नखोजौँ

त्यस्तो भए फेरि दायाँबायाँ हुनसक्छ

 

मुक्तक  ४

  

साना तिरा कुरा बढाइचढाइ हुन्छ मेरो देशमा

बन्द हुन्छ नत धेरै पढाई हुन्छ मेरो देशमा

यस्तै चालले देश अगाडी बढ्दै गयो भने हजुर

त्यो दस बर्से भन्दा ठुलो लडाइँ हुन्छ मेरो देशमा

 

मुक्तक ५

कर्णालीले सोधिराछ राशन कहाँ गयो ?

चुनाबका ती तिम्रा चिल्ला भासण कहाँ गयो ?

देशको चाहिँ बिदेशीलाई सुम्पिने ए दलालह ?

जनता द्वारा जनताको शासन कहाँ गयो ?

 

बिजय रानाभाट

घिरिङ ४ तनहुँ

हाल भानु ३ तनहुँ