गजल- आउछौ याद बनेर धड्कन बढाएर जान्छौ- तिल्ता मगर ‘अतीत’
Published : 3 years ago

यो मुटुको भित्तामा तस्बिर खडाएर जान्छौ
आउछौ याद बनेर धड्कन बढाएर जान्छौ
मेट्दै हुन्छु तिम्रो तस्बिर यो दिलबाट बिस्तारै
नसोधी आउछौ दिलमै पस्छौ याद गडाएर जान्छौ
साच्चै बिर्सिएउ झै लाग्छ अचेल मलाई
सपनीमा सम्झनाको फुलपाटी चढाएर जान्छौ
बिर्सिएर सबै अतीत हासी बाँच्न देऊ न
जहिले आउछौ यादको महल ठडाएर जान्छौ
यो मुटुको भित्तामा तस्बिर खडाएर जान्छौ
आउछौ याद बनेर धड्कन बढाएर जान्छौ
तिल्ता मगर ‘अतीत’
रुपन्देही बेलहिया