गजल -मनमा उर्लिएका भावहरु गजल बन्नेछन- तारा शर्मा
Published : 3 years ago

साच्चै यादगार अब प्रत्येक , पल बन्नेछन।
मनमा उर्लिएका भावहरु, गजल बन्नेछन।।
आज म खरको झुपडीमा छु त के भयो ?
एक दिन संसारकै सुन्दर, महल बन्नेछन।
आँखा अगाडिका यि,चट्टानका पहाड पनि
ज्वालामुखीका लाभा सरी, तरल बन्नेछन।
घमन्डको पर्खाल नउभ्याए हुन्छ कसैले :
उच्च भूमि पनि कुनै दिन, खाडल बन्नेछन।
सधैँ समय खराब चल्दैन कसैको पनि :
नामुद फटाहा पनि कुनै दिन,असल बन्नेछन।
हेर्दै जाउ एकदिन चम्किनेछु #तारा बनेर :
मेरा पछि कैयौँ ब्यक्तिहरु, पागल बन्नेछन ।।
तारा शर्मा
भरतपुर चितवन