• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

‘धनपति’ युबत्युबमा रिलिज नहुने

Published : 2 years ago


काठमाडौँ, रियालिस्टिक कथामा चलचित्र बनाउन सिपालु भनेर चिनिने निर्देशक दिपेन्द्र के. खनालले पुन: एकचोटी यस्तै कथामा आधारीत चलचित्र लिएर आउदैछन। पछिल्लो पटक दिपेन्द्रले निर्देशन गरेको चलचित्र ‘धानापति’को चर्चा नेपाली चलचित्र बजारमा निकै चलिरहेको छ। केहि समय अगाडी चलचित्रको  ट्रेलर र एउटा गीत सार्वजनी भएसंगै चलचित्रको चर्चा झनै चुलिएको हो ।

टुकी आर्ट्स प्रा. लि. र दिपेन्द्र के. खनाल प्रोडक्सनमा निर्माण भएको चलचित्र धनपति यहि असार २३ गतेदेखि देशभरबाट प्रदर्शनमा आउन लागेको  हो।  सो चलचित्र युबत्युबमा भने रिलिज नहुने कुराको जानकारी  चलचित्रको निर्माण  टिमले दिएको छ। प्रेस रिलिज गर्दै चलचित्र युबत्युबमा सार्वजनिक नगर्ने जानकारी निर्माण टिमको रहेको छ। चलचित्र प्रदर्शनको माध्यमनै हल रहेको कारण पनि चलचित्र    युबत्युबमा नराखिने जानकारी पनि निर्माण टिमले दिएको छ। अहिले भने चलचित्रका निर्देशक दिपेन्द्र  र चलचित्रका मुख्य पात्र खगेन्द्र लामिछाने चलचित्रको प्रिमियरको लागि अमेरिका गईसकेका छन। अमेरिका प्रिमियर पछि  नेपालको प्रिमियरमा उनीहरु विहिबार नेपाल फर्किदैछन ।

चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, आशान्त शर्मा, मनिष निरौला सुरभी बर्तौला आदि कलाकारहरुको मुख्य भूमिका रहेको छ