• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- नमेटिने घाउ मनको भर्न पाए हुन्थ्यो- मनु शर्मा

Published : 3 years ago


नमेटिने घाउ मनको भर्न पाए हुन्थ्यो

दु:ख को यो जङ्घार चाडै तर्न पाए हुन्थ्यो !







अल्मल भाछु आज भोली बाटो न देखेर

बरु चाडै अन्तै बसाइ सर्न पाए हुन्थ्यो !

 

बिरह मा दुख्छ मुटु बग्छ आसु बनि

आसु सँग सँगइ बरु झर्न पाए हुन्थ्यो !

 

फाटेको यो मुटु सिलाई बाचौ कहिले सम्म

दुख अनि बेदना लाई हर्न पाए हुन्थ्यो !

 

एकै छिन मा आयो हुरी तहस नहस पार्यो

बिधाता लाई एउटा प्रश्न गर्न पाए हुन्थ्यो !!

      

मनु शर्मा 

पोखरा लेखनाथ नगरपालिका-३०