भेट्रान टेटे टोली जापान जाँदै
Published : 3 years ago
.jpg)
एघारौं एसिया प्यासिफिक भेट्रान टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन ४ सदस्यीय नेपाली टोली जापानको सिजुओका जाँदैछ ।
प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य समेत रहेका सुदिल शाही, राजेन्द्र कपाली, सुरेश वज्राचार्य र राजेन्द्र वज्राचार्यले प्रतिस्पर्धा गर्ने छन् । सदस्य शाही टोली प्रमुख समेत रहेका छन् । उनीहरुले ४० वर्षमाथि उमेरसमूहको सिंगल्स र टिम इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।
टोलीलाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे । डिसेम्बर ७ देखि १० तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुन टोली डिसेम्बर ५ तारिख जापान जाने कार्यक्रम रहेको छ ।