• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- जीवनमा संगित भर्‍यौ धुन बनेर- भवानी तिमल्सिना न्यौपाने

Published : 1 year ago


जीवनमा  संगित  भर्‍यौ धुन बनेर

अँध्येरोमा प्रकाश छर्‍यौ जुन बनेर







खोज्दै थिए मायाको ताप रापिलो

अँगालेर  न्यानो  गर्‍यौ  ऊन बनेर

 

परेन झेल्न कहिल्यै मायाको खँडेरी

हरेक पल आफैँ झर्‍यौ मनसुन बनेर

 

भत्किदै  थियो मेरो  घर सम्बन्धको

लिप पोत गरि रङ्ग भर्‍यौ चुन बनेर

 

तिम्रै लागि धड्किँदैछ मेरो मुटु पनि

नसा  नसा  बग्दै  सर्‍यौ  खुन  बनेर

 

भवानी तिमल्सिना न्यौपाने

हेटौँडा -५, मकवानपुर