• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

अनिशालाई प्रोफेसनल उपाधि

Published : 1 year ago


काठमाडौं, मंसिर २४ गते ।

कम्बोडियाको राजधानी नोम पेनमा आयोजना भएको प्रथम कुन खेमर विश्व च्याम्पियनसिपमामा नेपाली खेलाडी अनिशा खड्काले प्रोफेसनल फाइटको उपाधि जितेकी छिन् । आइतबार भएको महिला ६७ केजी तौल समूहमा आयोजक कम्बोडियाकी पुथ थावेलाई पराजित गर्दै अनिशाले प्रोफेसनल फाइटको उपाधि जितेकी हुन् ।

कुन खेमरको प्रोफेसनल विधामा प्रतिस्पर्धा गरेकी अनिशाले पाँच राउन्डको खेलमा थावेलाई अंकका आधारमा पराजित गरेकी हुन् । खेलको सुरुदेखि नै आक्रामक देखिएकी अनिशाले पाँच राउन्डसम्म त्यही आक्रमकतालाई जारी राख्दै उपाधि जितेकी हुन् । अनिशाले गत मार्चमा थाइल्यान्डमा भएको १४औं विश्व मुवाँथाइ च्याम्पियनसिप अन्तर्गत एमेच्योरमा स्वर्ण जितेकी थिइन् ।









मुवाँथाइको प्रोफेसनल विधामा नेपालले पहिलो पटक स्वर्ण जितेको नेपाली टोलीका प्रशिक्षक एवं नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिए । च्याम्पियनसिप अन्तर्गत एमेच्योरतर्फ नेपालका राहुल थोकर लामाले शनिबार पुरुष ५५ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । उनले आयोजक कम्बोडियाका सामनाङ पिसेथलाई नकआउट गर्दै स्वर्ण पदक जितेका थिए ।

प्रतियोगितामा आइतबार नै एमेच्योरतर्फको पुरुष ६५ केजी तौल समूहमा नै प्रतिस्पर्धा गरेका सशिन्द्र रञ्जित र ७१ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका सलोन सारा लेप्चा जैसीले भने पराजय बेहोरे । उनीहरु दुवै आयोजक कम्बोडियाका खेलाडीसँग अंकका आधारमा पराजित भए ।

कम्बोडियामा पहिलो पटक आयोजना गरिएको प्रतियोगितामा नेपालसहित १० राष्ट्रको सहभागिता रहेको थियो ।