कविता- 'माटो र पानीको'-जीवन युगीन
Published : 3 years ago

कविता- 'माटो र पानीको'
माटो- एक ठोस शब्द
पानी - एक तरल शब्द
जब यीनै दुई शब्द
मिसाईन्छन
चिम्टाईलो पारेर-
त्यो कुमाल !
जो हात पाऊ हिलाम्य बनाउँछ
माटोको कणभित्र
सिर्जना देख्छ
त्यो कुमाल !
पानी र यसको बानीभित्र
सौन्दर्यको खानी देख्छ
माटो र पानीको
कहानी त्यस्तै हो
जो मिल्दा-सिर्जना हुन्छ
जि बिछोडिंदा- सिर्जना हुन्छ
यिनिहरुको पूरानो
बानी त्यस्तै हो,
सुस्तरी बहने पानीले,
किनारामा चित्र बनाउँछ
बेस्सरी बहँदा पनि,
पानीले किनारामा चित्र नै बनाउँछ
मात्र झाँकेर हेर्न सक्नुपर्छ
बाढी पसेको बगरमाझ
नयाँ आँकुरा,
कोमल मुना
रहरझैं
अंकुराउँछन
त्यहि कला !
त्यही सामर्थ्य !!
थोरै रहरको डल्लो पारेर
थोरपारेरको डल्लो पारेर
समय चक्रमाथी
राखेर परख गर्नसके
अनिश्चित समयको बेगभित्र
एउटा निश्चितताको जन्म
साकार हुन्छ
र जन्मिन्छ
सुन्दर घैंटो ।
म चकित हुन्छु-
हजार बारआँखा चिम्सा पारेर
मुहारका धर्सा
बादलजस्तै,
बदलेर
म चकित हुन्छु-
औंलाका कापकापबाट,
कलात्मक जदुगरी भरेर
म थकित हुन्छु-
चक्रमाथिबाट
प्रशुताको गर्भबाट बाहिरिएको
नव सिर्जनामाथी
काठको पाटीले ठटाउन थाल्छ,
हो ! म उसका निर्मम
चोटहरू देखेर
मुर्छित हुन्छु
हो ! थकित हुन्छु
उसका
पिटाईहरु सुनेर
कतै , नवजात सिर्जना
नाश नहोस्
कामना गर्छु
र आँखा चिम्लन्छु
तब सुनिन्छ
पिटाईभित्रको लय,
तब अनुभूत हुन्छ
आवेगभित्रको शिलशिला
अहो !
कला,
शक्ति र सौन्दर्यको
माटो र पानीको
शव्द र सारको
ब्रह्माण्ड र आँखाको नानीको
गज्जब तालमेल रहेछ
कबिता लेखिसकेपछी
आफ्नै दुई आँखा
उसैगरी
रचना गर्छन् , डिलभरि
आखिर किन ?
उसको र मेरो सम्बन्ध
माटो र पानी जस्तै हुन सकेन
आखिर किन ?
कुनै कुमाल ,
हाम्रो बिचमा
रम्न सकेन…
जीवन युगीन
नवलपरासी