• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

सरुको गीतमा एलिशाको "झ्याई झ्याई" (भिडियो सहित)

Published : 1 year ago


काठमाडौं– अभिनेत्री तथा नृत्यांगना एलिशा राईले आफूलाई झ्याई“ झ्याई“ पार्ने रहर जागेको कुरा नृत्यमार्फत व्यक्त गरेकी छिन् । 

गायिका सरु राई सरस्वतीको नया“ गीत ‘झ्याई“ झ्याई“ झ्याई“...’ को म्युजिक भिडियोमा एलिशाले अभिनेता निराजन प्रधानसंगै झ्याई“ पार्ने चाहना व्यक्त गरेकी हुन् । हालै सार्वजनिक उक्त गीतमा गायिका सरु राईकै शब्द तथा संगीत सुन्न सकिन्छ । प्रदीप जोशीले उक्त गीतमा संगीत संयोजन गरेका छन् ।

आधुनिक शैलीको उक्त गीत नृत्यपरक छ । पहिलो पटक सुन्दैमा नाचौं–नाचौं लाग्ने उक्त गीतको भिडियोमा चर्चित नृत्यांगना एलिशा राईले दर्शकको मन जित्ने शैलीको नृत्य गरेकी छिन् । भिडियोमा एलिशालाई अभिनेता निराजन प्रधानले अभिनय गरेर साथ दिएका छन् ।

युवराज वाइवाद्वारा निर्देशित भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् । निशान घिमिरे उक्त भिडियोका सम्पादक हुन् ।

 

यस्तो छ “झ्याई झ्याईको म्युजिक भिडियो