स्वतन्त्र गजल- सरु आचार्य ‘दुलाल’
Published : 3 years ago

मलाई पनि अब नया थर चाहियो
सहि गलत छुट्याउने नजर चाहियो
चारैतिर खुशि अनि उमंगले भरिएको
खरकै छानो भए पनि घर चाहियो
सुख दुख जे भएनि संधै उसै संग
जिवन जिउन सक्छु भन्ने भर चाहियो
परिवार छोडी परदेश पसेको छोरोबाट
सधैं सच्चै छु म भन्ने खबर चाहियो
बिउं फ्याक्दा मात्र कहा उब्जन्छर अन्न
त्यसलाई सिचाई गर्न पनि नहर चाहियो
सरु आचार्य ‘दुलाल’
झापा