• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- तिमि फुल बन्नु,म माटो बन्नेछु- सुमन भण्डारी

Published : 2 years ago


तिमी गतब्य बन्नु, म बाटो  बन्नेछु

तिमि मोहि बन्नु, म आटो बन्नेछु ।।

 

हतियारको सामना गर्नुपर्यो भने

तिमी चोट बन्नु, म टाटो बन्नेछु ।

 

बुढेसकालमा कान कम सुनौली

तिमी बैरी बन्नु, म लाटो बन्नेछु ।

 

न्यानो चैत गइ चिसो पुस आएछ भने

तिमी जाडो बन्नु, म लुगाफाटो बन्नेछु।

 

गुलाब मन पर्छभने तिमिलाइ

तिमि फुल बन्नु,म माटो बन्नेछु ।

 

सुमन भण्डारी    

भक्तपुर