• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- बच्पनमा गुच्चा खेल्दाको यारले चिन्दैन- सुरेश चापागाई

Published : 1 year ago


बच्पनमा गुच्चा खेल्दाको यारले चिन्दैन !

चोखो मायॉं त यो झुठो संसारले चिन्दैन !

 

रहररुपी खातका चॉंग थुप्रन्छ झुपडीमै।।

महलका ति ऑंगनलाई दिग्दारले चिन्दैन !

 

आश्रमका झ्यालबाटै अतित निहाल्छ नेत्र।

वृद्ध वृद्धालाई छोराको दरवारले चिन्दैन !

 

मेची र कालीमा झर्दा टिस्टा र कॉंगडा ।।

देशको किल्ला अझै यो सरकारले चिन्दैन !

 

अन्जान त्यो गाउँमा  लुटाइ भबिस्य ति ।

खाली फर्कियो माहुरी अब घारले चिन्दैन !

 

सुरेश चापागाई

पो.ले.म.न.पा -३३, कास्की

हाल टोकियो,जापान