• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल-खुशी हुन्छौ भने झुटै कहिदिउँला तिम्रो लागि- कोपिला घिमिरे पोखरेल

Published : 1 year ago


च‍ोटै दिएउ भनेपनि सहिदिउँला तिम्रो लागि।

भावनामै भएपनि बहिदिउँला तिम्रो लागि।

 

आफ्नो मनले नस्विकारी  बोल्ने हिम्मत कहाँ हुन्छ

हर बोलिको सिमा भित्रै रहिदिउँला तिम्रो लागि।

 

अनुभबै नगरि त ज्ञान कसरी पुर्ण हुन्छ

याद दिलाउ अज्ञानि नै भईदिउँला तिम्रो लागि।

 

कतै मेरो ब्यबहारले तिम्रो आत्मा रुन्छ भने

दुखी हुदै दिलबाटै गईदिउँला तिम्रो लागि।

 

झुटो बोल्नु हुन्न भन्ने सिकेपनि बा-आमाबाट

खुशी हुन्छौ भने झुटै, कहिदिउँला तिम्रो लागि।

 

कोपिला घिमिरे पोखरेल

खोटाङ,दिक्तेल

२०७४/११/१८