गजल-कहाँ छन नारी बिनाको घर खोज्दै छु- संजिव कुमार पटेल
Published : 3 years ago

कहाँ छन नारी बिनाको घर खोज्दै छु।
भेटाएन कतै गाउँ र शहर खोज्दै छु।
बन्द कोठाको चिचयाहट कसैले सुन्दैनन
खै किन सुनिएन उनको खबर खोज्दै छु।
बोक्सी आरोपमा मलमुत्र खुवाइन्छ यहाँ,
के थियो उनको र तिम्रो थर खोज्दै छु।
सुन्दर बुहारी कहाँ पाइन्छ रु छोरी मारेर,
मार्नुको के हो रहस्य,त्यो असर खोज्दै छु।
नदिनुस बेश्यालयमा नारीलाई शुभकामना,
खानलाई इज्जत फालीन,त्यो रहर खोज्दै छु।
संजिव कुमार पटेल
सर्लाही नेपाल
गाविस- गोनर्वा
हाल- मलेसिया