• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- सहेर बसे फुलको दमन कांडाहरुले- सबिता लामिछाने

Published : 3 years ago


सहेर बसे फुलको दमन कांडाहरुले

कहिलै गरेनन आन्दोलन कांडाहरुले !!

 

दोष मात्र पाए पनि सेवा गरि रहे सधैं

गर्नै चाहेनन् कुनै खण्डन कांडाहरुले !!

 

सेवा र धैर्यताकोञ्ठुलो पाठ सिकाए

मलाई नै गरेर सम्बोधन कांडाहरुले !!

 

दिइरहे सुरक्षा पहरा कठोर बनेर हरदम

सुनेर फुल को बिछिप्त रोदन कांडाहरुले !!

 

यो प्रेम नगरको उद्घाटन तिनैले गरि दिए

गरेर प्रेमपुस्तक बिमोचन कांडाहरुले !!

 

सबिता लामिछाने

गोर्खा हाल किर्तिपुर