• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- सीताहरु अचेल बजारमा, अर्धनग्न भै हिँड्छन् डुल्दै- दयालु महेश

Published : 3 years ago


मूख बाउँदै खिच्दछन् फोटो, खै कसलाई दिनु र दोष।

लगाउँछन् फेरि लुगा छोटो, खै कसलाई दिनु र दोष।।

 

सीताहरु अचेल बजारमा, अर्धनग्न भै हिँड्छन् डुल्दै,

रामहरुकै छ तक्दिर खोटो, खै कसलाई  दिनु र दोष।।

 

कालो  कपाल  रङ्ग्याउँदै,  दुई  बित्ते कट्टु लगाउँदै,

सोध्छन् कछाड के हो भोटो, खै कसलाई दिनु र दोष।।

 

सरकारको ढुकुटी खाँदै, जेलमै गर्छन् मोज-मस्ती,

अपराधीहरु  भयो  मोटो,  खै कसलाई दिनु र दोष।।

 

दयालु महेश