• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- पानी माथि कोरियो तस्बिर एक्कासि- राजेन्द्र बानियाँ

Published : 1 year ago


बादल पारि देखियो तस्बिर एक्कासि

पानी माथि कोरियो तस्बिर एक्कासि ।

 

मरुभूमिमा बिरुवा उम्रने सुरवीर देखिन्छ भने

मानवता भित्र किन हरायो तस्बिर एक्कासि ।

 

कुरै कुराको लहरमा हिडि रहेछ मान्छे

खै कसरि छापियो तस्बिर एक्कासि ।

 

आफै भित्रको युद्धमा खै कसको हार जित भो

त्यो रगत पसिनामा जोडियो तस्बिर एक्कासि ।

 

राजेन्द्र बानियाँ

बुढीगङ्गा न.पा.-८

बाजुरा