गजल- बिना आगो दनदनी जलाई दियो उस्ले- विवश नेत्र
Published : 2 years ago

पानी माग्दा बदलामा सलाई दियो उस्ले ।
बिना आगो दनदनी जलाई दियो उस्ले ।।
पत्थर जस्तो यो मुटुमा पीडाहरु भरी,
खै कसरी नौनीसरी गलाई दियो उस्ले ??
साँचेको छु चोखो माया तिम्रै लागि भन्थ्यो,
थाहा छैन मुटु झिकी कलाई दियो उस्ले ??
मिठो सप्ना सजाएर बैगुनीको भर परें,
गहभरि चुने आँशु मलाई दियो उस्ले ।।
सहेकोथें बिछोडको घाउ दिल्को मझेरीमा
भतभती पोल्नेगरि चलाई दियो उस्ले ।।
विवश नेत्र
अछाम