• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- देख्छु सबै बिचारा यो शहरमा आएपछि- कोपिला घिमिरे

Published : 2 years ago


छैनन् कोहि पियारा यो शहरमा आएपछि।

देख्छु सबै बिचारा यो शहरमा आएपछि ।

 

बाध्यताले जिन्दगीको डोरी यहीँ टाँग्नु पर्या

पन्छाउँदै तगारा यो शहरमा आएपछि ।।

 

बेरोजगारले बिदेशीने बाध्यता छ कसैलाई

कोहि भए आबारा यो शहरमा आएपछि ।।

 

सत्ताधारी महासय सिंहासनमै बिराजिनुस्

बाँकी सबै कमारा यो शहरमा आएपछि।।

 

बुढाबुढीका स्थाई घरै बृद्दाश्रम भए अचेल

छैनन् कोहि सहारा यो शहरमा आएपछि।।

 

कोपिला घिमिरे

खोटाङ दिक्तेल