• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- मनको शितल छायाँमा बास दिन्छौ भने तिमी- निर्मला अधिकारी आचार्य

Published : 1 year ago


मनको  शितल छायाँमा बास दिन्छौ भने तिमी

म भित्र को ढुकढुकी  इशाराले सुन्छौ भने तिमी

 

पग्लिदिन्छु, बगिदिन्छु तिम्रो अपार माया भित्र

माकुराको जालो जस्तै हाम्रो माया बुन्छौ भने तिमी

 

उज्यालोले पछ्याएर अन्धकरलाइ  निम्त्याउंदा

दियो बनी जलिरहनेछु मेरै हुन्छौ भने तिमी

 

जवानी को रुप भित्र मदिराको नसा बग्दा

मन बेचेर खुसी दिन्छु  किन्छौ भने तिमी

 

निर्मला अधिकारी आचार्य

सुर्खेत  इत्राम