• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

कबिता- गुरासँहरु- ममिला पौडेल आस्था

Published : 2 years ago


गुरासँहरु

तिम्रा पैतालाले

कुल्चेका गुरासँका

बोटहरु

ऊठेका छन् आजभोली

र फुलेका छन्

राता गुरासँहरु

तिम्रो सामु

मुस्कुराउन पछि

पर्दैनन् तिनीहरु

सायद

तिमीले अतितमा

दिएका चोटहरु

सम्झेर होला

पहाड मै फुल्न सिकेका छन्

गुरासँहरु

कहिल्यै हार्दैनन्

तिनीहरु

लोभ लाग्दो जवानी

बोकेका गुरासँहरु

पत्र पत्र बनेर

फक्रदा

निमोठेर मार्न खोज्यौ

मरेनन् गुरासँहरु

आफुलाई ढकमक्क

बनाऊन सहे

तिम्रो अपहेलना

र रंग्याउन थाले

आफ्नो अस्तित्व

बाँचे गुरासँहरु ।।।।

 

ममिला पौडेल आस्था

लमजुग हाल काठमाडौ