• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- चल्दैछ किनारामा गिटि कुटेर जीवन मेरो- सिताराम खड्का

Published : 1 year ago


चल्दैछ  किनारामा गिटि कुटेर जीवन मेरो ।

घरपरिवार  बालबच्चा सम्झेर जीवन मेरो ।

 

हत्केलाको  ठेला संगै आँसु झारी खानुपर्छ,

दैवले नै पठाएकोछ यस्तै लेखेर जीवन मेरो ।

 

औधि बढ्छ मनमा पीडा कटेको छ रातहरु,

चुहिएको  छानाबाट  तारा हेरेर जीवन मेरो ।

 

आर्यघाटमा मुर्दाको चिहान हेरि सोच्ने गर्छु,

खरानी  हुन्छ यसरि नै एकफेर जीवन मेरो ।

 

छरछिमेकीको पाउ मोल्दै रिझाउन नसक्दा,

आफन्तले  हिडेका छन् धकेलेर जीवन मेरो ।

 

सिताराम खड्का

रामेछाप हाल भारत