• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- मेरो याद तिमिलाइ जब पल पल हुदैन -टीना क्षेत्री

Published : 1 year ago


मेरो याद तिमिलाइ  जब पल पल हुदैन ।

मुटुमा उथलपुथल जब हलचल हुदैन।।

 

साचो माया हो प्रिय, प्यारा भन्दै नभन्नु।

मेरो तस्बिर त्यो मुटुमा, जब झलझल हुदैन।।

 

सम्बन्ध हो छेड् छेड् मै पाटो मोडिन्छ्न।

बगेको खोला जस्तो, जब कलकल हुदैन ।।

 

नयन इसारा संगै भाब बुझ्न गाह्रो हुन्छ।

मौन हुन्छ व्यबहार जब चनचल हुदैन।।

 

टिना क्षेत्री

बुटवल