• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- सहरमा बसेपनी नसम्झेको पल छैन आमा- सानु पौडेल

Published : 2 years ago


सहरमा बसेपनी नसम्झेको पल छैन आमा

तिम्रो आशिर्वाद भन्दा ठूलो बल छैन आमा

 

यहाँ त पाईलै पच्छे तिर रोप्नेहरु मात्र भेट्छु !!

त्यो तिम्रो ममतामा मात्र कुनै छ्ल छैन आमा

 

सबै चिज विषले मात्र भरिएको छ खानेकुरा

तिम्रो अमृतमात्र शुद्ध हो अरु फल छैन आमा

 

तनाव मा मात्र भेटिन्छन् यहाँ सबै मानिसहरु !

गाउँको झुपडि जति शान्ति महल छैन आमा !

 

मर्नेहरु मरिरहन्छ्न ठग्नेले करोडौं ठगिरहन्छ्न

जनताको निम्ति सरकारको पहल छैन आमा !!

 

सानु पौडेल

काठमडौ