• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

लाल श्रेष्ठले संचालनमा ल्याए लाजिम्पाटमा लक्जरी "माइ ताइ स्पोर्ट बार एण्ड रेस्टुरेण्ट" असार १ गते ग्राण्ड ओपनिङ हुदै

Published : 1 year ago


काठमाडौँ : राजधानीको लाजिम्पाटमा अत्याधुनिक फेमिली रेस्टुरेण्ट "माइ ताइ स्पोर्ट बार एण्ड रेस्टुरेण्ट" सञ्चालनमा आएको छ । लाजिम्पाटको ग्याङजोङ होटलको परिसर अत्याधुनिक प्रबिधिको तथा गुणस्तरीय सेवा सुबिधाले सु-सम्पन्न भएको रेस्टुरेन्ट संचालनमा आएको हो l  औपचारिक रुपमा यहि आउदो असार १ गते भब्य रुपमा ओपनिङ गर्न लागिएको यस लक्जरी रेस्टुरेन्ट एण्ड बार  अहिले पनि अनुपचारिक रुपमा संचालनमा आइरहेको छ l  स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको हो ।

बिगत २ दशक भन्दा बेसी अन्तराष्ट्रिय स्तरको लक्जरी चेन होटल रेस्टुरेन्ट तथा बारमा काम गरेको अनुभबलाइ आफ्नो देशमानै केहि गरु भन्ने उदेश्यको साथ खोलिएको "माइ ताइ स्पोर्ट बार एण्ड रेस्टुरेण्ट" मा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक फरक स्वाद लिन पाइनेछ भने अन्तराष्ट्रिय स्तरको विभिन्न ड्रिंक्सको साथमा कक्टेलको मिश्रण पनि भेटिन्छ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक खालको स्वादिष्ट परिकारको स्वाद लिनको साथै रेस्टुरेन्टमा बसेर स्पोर्टको मज्जा लिन सकिने कुरा  "माइ ताइ स्पोर्ट बार एण्ड रेस्टुरेण्ट" का संचालक लाल श्रेष्ठले बताए ।
राजधानीको मुख्य केन्द्र तथा भीआइपी एरिया लाजिम्पाटमा सुरक्षित पारिवारीक वातावरणमा फरक ढगंले रेष्टुरेन्ट एण्ड बार संचालनमा ल्याइएको "माइ ताइ स्पोर्ट बार एण्ड रेस्टुरेण्ट"का अध्यक्ष लाल श्रेष्ठले बताए । ‘अहिले सञ्चालनमा रहेका रेष्टुरेण्टभन्दा केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्को सुरुवात गरेको जानकारी’ रेस्टुरेन्ट एण्ड बारका अर्का सञ्चालक राजन भण्डारीले गराए ।

रेष्टुरेन्ट विहान ११ बजे देखि राति १२ बजेसम्म संचालनमा आउनेछ । विहान एघार बजेदेखि साँझ ६ बजेसम्म सेमिनार, गोष्ठि, इभेन्ट तथा पार्टीहरु समेत संचालन गरिने बताइएको छ ।  रेष्टुरेन्टमा फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् ग्राहकहरुको स्वादलाइ ध्यानमा राखेर उनीहरुको मागलाइ उच्च प्राथमिकता दिएर सेवा सुबिधा प्रदान गरिने भएको छ । लाजिम्पाटमा खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने योजना संचालक द्वय लाल श्रेष्ठ र राजन भण्डारीले लिएका छन । अहिले रेष्टुरेन्ट संचालनमा आए पनि औपचारिक उद्घाटन असार १ गरिने बताइएको छ । 

यस "माइ ताइ स्पोर्ट बार एण्ड रेस्टुरेण्ट"का संचालक लाल श्रेष्ठ बिगत २० बर्ष देखि अन्तराष्ट्रिय चेन ५ स्टार होटलहरुको बार एण्ड रेस्टुरेन्टहरुमा काम गरिसकेका अनुभबी व्यक्ति हुन l उनको अनुभब तथा आफ्नो देश प्रतिको माया लगाबले गर्दा स्वदेशमा नै केहि गरु भन्ने उदेश्यको साथ रेस्टुरेन्ट व्यवसायमा लगानी गरेको तथा अन्तराष्ट्रिय स्तरको रेस्टुरेन्ट एण्ड बार नेपालमा संचालनमा ल्याएर विभिन्न परिकारका खाना तथा ड्रिंक्सका पारखीहरुलाई फरक स्वाद चखाउने उदेश्यले संचालनमा ल्याएको यस रेस्टुरेन्टमा पारिवारिक तथा रमाइलो बाताबरणमा सेवा सुबिधा लिन सकिन्छ l