• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

कबिता - ठूलो निधार- पारू सुबेदी

Published : 2 years ago


ठूलो निधार

 

निधार ठूलो रहेछ।

नातिनी भाग्यमानी हुन्छे ।

प्रसव ब्यथा पार गरेकी मेरी आमालाई मेरा हजुरबुबाले

भन्नु भएको रे ।

आमाले मलाइ सुनाउदा दङग पर्थे म

सानोमा

 

निधार ठूलो हुदैमा कहाँ भाग्यमानी होइन्छ ?

जब म केहि बुझ्न थालें अनि लाग्थ्यो भाग्य त हातका रेखामा हुन्छ।

ज्योतिषिले पत्ता लगाइदिन्छ कस्तो भाग्य छ भनेर,

 

म अलि ठूली हुँदै गएँ अनि भन्थे हात नहुनेको पनि त भाग्य हुन्छ ।

त्यसैले भाग्य दिमागमा हुन्छ ।

जसले राम्रो कार्य गर्नेगर्छ त्यो भाग्यमानी हुन्छ ।

 

जीबनका अनेकौं खुड्किला पार गर्दै गर्दा मलाइ लाग्दैछ ………..

म त्यहि भाग्यमानी जसको निधार ब्यार्थ छ।

जसको हत्केलाका रेखा निस्कृय छन् ।

आफ्नो दिमागलाई भौडीमा भसाइसकें,

 

हो म त्यहि भाग्यमानी हुँ

समाजको मुख बुजो लगाउनका लागी दिमागलाई भौडिमा भसाएँ ।

हत्केलाका रेखा हसिया र कोदालोले

मेटाएँ ।

अनि,

ठूलो निदारलाई खुम्च्याउन बाध्य भएँ,पीडैपीडा मा निसासिएर

भाग्यमानी भएँ।

 

पारू सुबेदी

भोजपुर न.पा.- ४, दावाँ