• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- तिम्रै दिलमा मलाई फूल्न देउ काले- कल्पु जोशी

Published : 2 years ago


पिरतीको संसारमा भुल्न देउ काले !

तिम्रै दिलमा मलाई फूल्न देउ काले !

 

छानेर तिम्रो मनको कुना कन्दरामा,

स्वतन्त्र मलाई तिमी डुल्न देउ काले !

 

तिम्रो याद मस्तिष्कमा सजाउँला म,

मुटु भरि तिम्रै माया हुल्न देउ काले !

 

हात समाई सहारिला तिम्रा रमाउँला,

सँगै साथमा मस्तिले झुल्न देउ काले !

 

राखुँ कति  मनका रहर बाँधेर मनैमा,

फुकाएर तिम्रै  सामु खुल्न देउ काले !

 

कल्पु जोशी

मोरङ्ग केराबारी