• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल- यो मान्छे मान्छेमा काटमार किन हुन्छ- योगेन्द्र खिम्दिङ

Published : 2 years ago


यो मान्छे मान्छेमा काटमार किन हुन्छ ।

गरिबलाई दुःखको मात्र हार किन हुन्छ ।। 

 

मानिस एउटौ हो तर पनि नेपाल भित्र ।

जात अजात पानी बारबार किन हुन्छ ।।

 

जस्ले राम्रो काम गरेर जान्छ समाजमा ।

उसकै घाटिमा खुकुरीको धार किन हुन्छ ।। 

 

काम गरेको भन्दा नगरेको चर्चित बनाइ ।

हर बिहान दिन रात समाचार किन हुन्छ ।।

 

विषयहरु भन्दा व्यक्तिको गोपनियता प्रति ।

यस्तो पत्रिकामा ल्याउने पत्रकार किन हुन्छ ।।

 

योगेन्द्र खिम्दिङ