• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

मुक्तकहरु- एम.पी. आस्था

Published : 11 months ago


मुक्तक- १

संसार जितिन्छ भने देऊ एक मुस्कान तिमी

माया गर्नेलाई माया कै देऊ सम्मान तिमी ।।

केहि हुन्न चित्त दुखाएर मरि लाने होईन केहि

वाचुन्जेल ईज्जतको गरि देऊ पहिचान तिमी ।।

 

 मुक्तक-२

कोर्दैमा रुप रेखाहरु प्रेमको आकार हुदैन

जालीको यो शहरमा सपना साकार हुदैन

गम्भिर भई गर्नु है जिन्दगीको निर्णय पनि

चिन्तन भित्रको मायामा त हाहाकार हुदैन

 

मुक्तक-३

प्यारले जगाऊदै जीवन खुशी लिएर हिड्

दिन्छन् चोट त हरेकले आगो पिएर हिड् ।

घोच्छन् काडाहरुले पनि सहज हुन्छ कहाँ

पत्थर हुनेलाई फुलको मुस्कान दिएर हिड् ।।

 

मुक्तक-४

बारम्बार तर्साउदै ति काँडाहरुले घोच्छन् मलाई

के थाहा उनिहरुलाई जुन ताराले रोज्छन् मलाई।।

तरवारमा टेक्दै बढेको छु अगाडी म डर के मान्नु

जब हार बेहोर्छन् तब मात्र गुनासो पोक्छन् मलाई।।

 

मुक्तक-५

तराईमा लोभ्भिने मन फुल्छ लेकतिर आजभोलि

बहकिएर सेतो चुचुरो खुल्छ लेकतिर आजभोलि

सकिदैन भुल्न त्यसै तराई पहाड र हिमाल अब

आमाको काँख खोज्न डुल्छ लेकतिर आजभोलि

 

एम.पी. आस्था

लमजुग