• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

बरिष्ट गायक आनन्द कार्की "तिमि सम्म" भन्दै क्लबमा छमछमी नाच्दै (भिडियो सहित)

Published : 1 year ago


काठमाडौँ : नेपाली सांगीतिक आकाशमा आफ्नो सुमधुर आवाजमा सयौ चर्चित गितहरु पस्केर आफ्नो छुट्टै पहिचान बनाउन सफल चर्चित तथा बरिष्ट गायक आनन्द कार्कीले नया गित तिमि सम्मको म्युजिक भिडियो सार्बजानिक गरेका छन् l  


फरक खालको तथा अहिलेको जेनेरेसनको लागि तयार पारिएको डान्सिङ बिटमा रहेको यस गीतको म्युजिक भिडियोमा गायक आनन्द कार्की आफै क्लबमा पुगेर कम्मर कम्मर मर्काई मर्काई छमछमी नाचेका छन् l 


प्रकाश बाबु थापा "प्रकाशपुञ्ज" को शब्द रहेको यस गीतमा बरिष्ट गायक आनन्द कार्कीको आवाज रहेको छ भने चर्चित संगीतकार शिखर सन्तोषको संगीत रहेको छ l ज्ञानेन्द्र शर्माले छायांकन गरेको यस म्युजिक भिडियोलाइ निर्देशक माइकल चन्दले निर्देशन गरेका हुन् l भिडियोलाई आनन्द ईन्टरटेनमेन्ट युट्युब च्यानलबाट अपलोड गरीएको छ । भिडियो हेर्नुहोस :