• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल - झमझम झरि पर्दा हिजो रुझेको याद आयो - सृजना ढकाल ‘सरु’

Published : 2 years ago


झमझम झरि पर्दा हिजो रुझेको याद आयो

एउटै छाता ओढ्दा पुरै भिजेको याद आयो

 

अनकन्टार गोरेटोमा झरिको कहर छल्न

ओत लाग्ने पौवा कतै खोजेको याद आयो

 

तिमी अनि म भिजेको जोडि ढुकुर सरि

थरथर काम्दैे नजरहरु जुदेको याद आयो

 

ओहो१कस्तो गर्जन थियो सन्ध्याको बर्षातमा

डर संगै सराब बिना नसा चढेको याद आयो

 

बादलको मीठो प्रेम रस छरिएर प्रकृति भरि

धर्ति अनि आकाश पनि खुलेको याद आयो

 

सृजना ढकाल ‘सरु’

पोखरा।