• +977-014620824
  • All In One Mart D.U6, Minbhawan, Kathmandu
  •   titepati2070@gmail.com

गजल_ मैले पनि घाँस दाउरा काट्न जानेकि छु _ सरु रोकाहा

Published : 2 years ago


मैले पनि घाँस दाउरा काट्न जानेकि छु

सुस्ख,  दुःख सरोबरी साट्न जानेकि छु

 

नहोला सुविधा त्यो गाउमा शहर जस्तो

जे जस्तो दुख परे पनि आट्न जानेकि छु

 

कत्ति पनि चिन्ता नलेउ भो कान्छा तिमि

आधा पेटमै पुग्यो भनी ढाट्न जानेकि छु

 

नभएका गफ लाउलान् साथीहरू पधेरीमा

धेरै थोरै गफ मैले पनि छाट्न जानेकि छु

 

नसम्झ सुखमा मात्र हाँस्छे भनी मलाई

दुख पनि उसै गरी 🌹 बाट्न जानेकि छु ।।

 

सरु रोकाहा काठमाडौ