गजल- परदेशमा छु आफु घर सम्हाल्ने एक्ली आमा- संगीता शर्मा
Published : 2 years ago

परदेशमा छु आफु, घर सम्हाल्ने एक्ली आमा ।
चर्किएको घर भित्ता पिँढी टाल्ने एक्ली आमा ।
बुढेसकालले छोएको छ साहस उस्तै अझै
पिर ब्यथाले पनि गाल्दै नगाल्ने एक्ली आमा ।
चकमन्न हुन्थ्यो होला उनी बिना घरको जंघार
साँझ बिहान दियोमा दिप बाल्ने एक्ली आमा ।
मेलापातको खाजा लुकाइ छिपाई ल्याउथिन्
आफ्नो पेट मारी मलाई पाल्ने एक्ली आमा।
हजारौं गल्ती ढाकछोप गर्छिन् चोट पर्ला भनी
सधैं मेरो बिरामको दाग पखाल्ने एक्ली आमा ।
संगीता शर्मा
कुसुन्ति-१३, ललितपुर
हाल इटाली